चितवनकाे विजयी सुरुआत

काठमाडाैँ । चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल ) मा ले विजयी सुरुआत गरेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साेमबार सम्पन्न जारी सिजनकाे तेस्राे खेलमा चितवनले पाेखरा थन्डर्सलाई २-० ले पराजित गरेकाे हाे।

चितवनकाे लागि नोदिर माब्लोनोभ र निराेज यादवले गोल गरे। माब्लोनोभले खेलको १५औं मिनेटमा भिक्टर मानसारेले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका हुन्।

चितवनका केही विदेशी खेलाडीमा श्रम स्विकृति नभएका कारण विवाद उत्पन्न हुँदा खेल १८ मिनेट ढिलो सुरु भएको थियो।

पहिलाे हाफमा १-० काे अग्रता बनाएकाे चितवनले दाेस्राे हाफमा थप अर्काे गाेल गर्न सफल भयाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको