गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने

काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन्।

त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले। पदक पनि जिते। अब प्रशिक्षकका रुपमा नयाँ अध्याय सुरु गर्दै छु। त्यो पनि विदेशी भूमिमा। मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’ अस्ट्रेलिया उड्नुअघि गुणराजले भने।

‘उनले (डेनियल) ४ पटकका मुवाँथाई च्याम्पियन, ३ पटकका किक बक्सिङ च्याम्पियन र १ पटकका बक्सिङ च्याम्पियन हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको