मध्यपुरमाथि च्यासलकाे एकतर्फि जित

काठमाडौं। च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा मध्यपुर युथ एसोसिएसनमाथि सहज जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार सम्पन्न खेलमा च्यासल ४–० ले विजयी भएको हो।

जितसँगै च्यासलले चार खेलबाट सात अंकसहित तालिकाकाे तेस्रो स्थानमा उक्लिएको छ।

च्यासल शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडभन्दा दुई अंकले पछि छ। यस्तै, श्री भगवती क्लबसँग भने अंक बराबरी गरेको छ। यद्यपि, यी दुई क्लबले च्यासलभन्दा एक खेल कम खेलेका छन्। पराजित मध्यपुरको भने तीन खेलबाट चार अंक छ।

च्यासललाई दोस्रो जित दिलाउन आशिष थारु, नीरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले गोल गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको