हारबाट जोगियो नयाँ बस्ती

काठमाडौं। नयाँ बस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार सम्पन्न खेलमा नयाँ बस्तीले ब्रिगेट बिग्रेट ब्वाइज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो।

खेलको १८औं मिनेटमै विजय उरान्वले गोल गर्दै बिग्रेटलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, ६७औं मिनेटमा मनीष गुरुङले आत्मघाती गोल गरेपछि नयाँ बस्ती हारबाट जोगियो।

योसँगै बिग्रेटले चार खेलबाट चार अंक पुर्‍याएको छ। नयाँ बस्तीको समान खेलबाट दुई अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको