योगामा नेपाल ६ पदक

काठमाडौं। नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ। नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो।

मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते।

९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे। सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ बर्ष उमेरसमूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन्। २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको