काठमाडाैँ । नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्। एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो भएका हुन्।
पुरुषमा भक्तपुरका कुशल थापा दोश्रो तथा भक्तपुरका साहस तामाङ र लुभूका साइमल राई तेश्रो भए। महिलामा नगदेशकी मिस्ती श्रेष्ठ दोश्रो तथा लुभूका इतुशा महर्जन र धनबहादुर स्मृति प्रतिष्ठानकी स्नेहा तामाङ तेश्रो स्थानमा रहे।
नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि ठैबका अजय भोम्जन पहिलो भए। उनले फाइनलमा नगदेशका अंकित खड्कालाई पराजित गरे । टौखेलका उसन तामाङ र नरहरिपुरका देवकुमार ठाकुर तेश्रो बने।
ललितपुर महानगरपालिकाको सहयोगमा पाटन दरबार स्क्वायरमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नगदेशका विष्णु थापाले स्वर्ण जिते । उनले फाइनलमा नरहरिपुरका सुगन्ध पुनलाई हराए । टौखेलका अजय स्याङतान र ठेचोका प्रमोद मल्लले कांस्य हात पारे ।
प्रतियोगिताको पूर्व मन्त्री प्रकाशशरण महतले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा पुरुष÷महिलमा एकल काता र कुमुतेमा समान ११÷११ गरी २२ स्पर्धा समावेश छन् ।