काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको एमेच्योर टेनिस प्रतियोगितामा ध्रुव घले सेमिफाइनलमा प्रवेश गरेका छन्। आयोजक मन्डिखाटार टेनिस कोर्टमा मंगलबार भएको खेलमा ६५ वर्ष माथिको उमेर समूहमा घलेले सेमिफाइनलमा स्थान बनाएका हुन्। उनले प्रेम थापालाई सहजै पराजित गरेका थिए । पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेका घलेले दोस्रो सेट ६–१ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यसैगरी मंगलबार भएका अन्य खेलका विजेताहरु भने क्वाटरफाइनलमा प्रवेश गरेका छन्। ३५ वर्ष माथिको प्रतिस्पर्धामा भिष्मजंग गुरुङले वाजी मार्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन्। उनले ओमहरि प्रजापतिलाई ६–० र ६–१ को स्कोरमा पराजित गरे।
यसैगरी कुमार तामाङले विशेष अमात्यलाई ६–१, ६–३ ले स्तब्ध बनाउँदा समुदीप कुमार लामाले प्रवेश पन्तलाई सुपर टाइब्रेकरमा पराजित गरे । उनले ६–७, ६–४ र १०–४ को स्कोरमा पराजित गरेका थिए। यसैगरी नविन श्रेष्ठले प्रवेश थापालाई ६–१ र ७–५को स्कोरमा पराजित गर्दा दीप जंगबहादुर राणाले वाकओभर पाएर क्वाटरफाइनल प्रवेश गरे। एलम दिक्षितले सुजन श्रेष्ठलाई ६–०, ६–० ले पराजित गरे।
३५ वर्ष माथिको डबल्समा सिमान्त गुरुङ र भिष्म जंग गुरुङको जोडीले वाकओभर पायो। यस्तै, अर्को स्पर्धामा धरमसिंह लामिछाने र नविन श्रेष्ठको जोडीले धर्म शाही र दुर्गा केसीको जोडीले ६–४ र ६–२ को जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ।
४५ वर्ष माथिको इभेन्टमा महेश श्रेष्ठले विभु कायस्थलाई ६–४, ६–०ले स्तब्ध बनाउँदै क्वाटरफाइनलमा स्थान बनाएका छन्। यही इभेन्टमा समदु कुमार लामाले नकुल थापालाई सुपर टाइब्रेकमा पराजित गरेका छन्। उनले ६–२, ७–६ र १०–६ को स्कोरमा स्तब्ध बनाए। यसैगरी यज्ञ भण्डारीले वाकओभर पाएर क्वाटरफाइनलमा स्थान बनाउँदा देव श्रेत्रीले गोपी भट्टराईलाई ६–२ र ६–० को स्कोरमा पराजित गरे। यस्तै, आशिष सिंग्देलले तमुनारायण श्रेष्ठर्ला ६–१, र ६–१ को स्कोरमा पराजित गर्दा आमित गुरुङले किरण नेपाललाई ६–० र ६–१ को स्कोरमा पराजित गरे । यसैगरी हेमराज ढकालले प्रताप मोक्तानलाई ६–३ र ६–३ को स्कोरमा पाखा लगाउँदा सूर्य गिरीले एमपी गिरीलाई ६–३ र ६–१ को स्कोरमा स्तब्ध बनाए।
४५ वर्षमाथिको डबल्समा धर्म लामिछाने र गोपी भट्टराईको जोडीले वाकओभर पाएको थियो। ५५ वर्ष माथिको डबल्समा सुनिल गुरुङ र नुवाङ लामाको जोडीले ठाकुर खनाल र अजय विष्टको जोडीलाई ६–३, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। यसैगरी, मनोज शाह र सञ्जीव कुमार श्रेष्ठको जोडीले प्रदीप शाह र निरञ्जन श्रेष्ठको जोडीलाई ६–१, ६–१ को स्कोरमा पराजित गर्न सफल भयो। यही समूहमा सागर केसी र राम राणाको जोडीले भगवान कोइराला र प्रकाश बोगटीको जोडीलाई ६–२, ६–२ ले स्तब्ध बनाउँदै क्वाटरफाइनलमा स्थान बनायो। इब्राहिम मुस्लिम र करिम मुस्लिमको जोडीले राजेन्द्र चापागाईं र गोपाल शाहीको जोडीलाई ६–१, ६–३ ले स्तब्ध बनायो।
