रजत विजेता दावा सम्मानित

नेपाल क्योकुसिन कराते (इको) संघले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई बिहीबार नगदसहित सम्मान गरेको छ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दावालाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे। जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए।

सोही प्रतियोगिताका दौरान फेब्रुअरी २५ मा भएको अन्तर्राष्ट्रिय कराते संगठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेष्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदी, उपाध्यक्ष नन्दकुमार किरातीलगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको