काठमाडौं । अहमद हिजाजीको ह्याट्रिक गोलसँगै धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा सहज जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा धनगढीले काठमाडौं रेजर्सविरुद्ध ३-१ को पुनरागमन जित दार्ता गरेको हो।
जितसँगै चार खेलमा आठ अंक जोडेको धनगढी शीर्षस्थानमा उक्लिएको छ। पराजित काठमाडौं पाँच खेलबाट पाँच अंकका साथ चौथो स्थानमा छ ।
खेलको २२औं मिनेटमा नै काठमाडौंले अग्रता लिएको थियो। उसका लाग िअमौडो डियोपले गोल गरे। ३५औं मिनेटमा हिजाजीले धनगढीलाई बराबरीमा ल्याए।
हिजाजीले ४१औं मिनेटमा धनगढीलाई २-१ ले अगाडि बढाए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा हिजाजीले ह्याट्रिक पुरा गरे। जारी एनएसएलमा ह्याट्रिक गर्ने हिजाजी पहिलो खेलाडी बने।
दुवै टोली ८६औं मिनेटमा १० खोलडीमा समेटिए। एकअर्कासँग झगडा गरेपछि रेफ्रीले प्रज्वल क्षेत्रीले धनगढीका रक्षक रनदीप पौडेललाई दोहारो पहेंलोसहित रातो तथा काठमाडौंका फरवार्ड भिसेन्ट कोजिएलोलाई सीधै रातो कार्ड देखाएका थिए।
