राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु


काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन छनोट चरणको खेल भयो भने दोस्रो दिन अन्तिम चरणको खेल हुने छ ।

आयोजक संघका अध्यक्ष अच्युत खनालले दिएको जानकारी अनुसार यो प्रतियोगिता सन् २०२५ मा दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ ।

जारी प्रतियोगितामा फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धाका खेल भएका हुन् । शीर्ष ३ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुई दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा जारी छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको