काठमाडौ । आठौ राष्ट्रिय स्केटवोर्ड च्याम्पियनशिप २०८२ अन्तरगतका विजेताले शनिबार नगद पुरस्कार, शिल्ड मेडल, र प्रमाणपत्र प्राप्त गरेका छन्।
नेपाल स्केटिङ तथा स्केट बोर्डसंघद्धारा वार्षिकरुपमा आयोजना हुने गरेको सो च्याम्पियनशिपमा महिला खुलातर्फ खुसी विक प्रथम, लेमन मगर दोस्रो र समिक्षा राईले तेस्रो स्थान प्राप्त गरिन्।
यस्तै खुला पुरुषतर्फ गजेन्द्र बर्देवा प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए।
यस्तैगरेर पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएको स्केटिङ तथा स्केट बोर्डसंघका महासचिव सत्य थापाले बताउनुभयो। खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए। यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन्।
तीनै वटै विद्याका विजेता खेलाडीहरुलाई पूर्व मन्त्री जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल लगायतले नगद पुरस्कार, शिल्ड मेडल, र प्रमाणपत्र वितरण गरेका थिए।
यसअघि शनिबारै विहान सो च्याम्पियनशिप २०८२ को उद्घाटन गर्दे राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकमा जित्ने गरेर तयारी गर्न खेलाडीलाई आग्रह गर्नु भएको थियो।