तेवान्दो टोली चीन जाने


काठमाडौं । दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ ।
दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा सयद हसन रेजा रहेका छन् ।

टोली पहिले बैशाख १० देखि ११ गतेसम्म ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप (एसियाली क्षेत्र) मा सहभागी हुनेछ । त्यसपछि टोली बैशाख १६ देखि १७ गतेसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुक्सि जाने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार एक कार्यक्रमबीच बिदाइ  गरेका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको