प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन कुमुतेरर्फ विभिन्न तौल समुहको फाइनल खेल सम्पन्न भएको छ । पहिलो दिन ३ स्वर्ण जितेको पुलिसले दोस्रो दिन ३ स्वर्ण थपेको छ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुरूष ६० केजीमा एपिएफका मिन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा नेपाल प्रहरीका लिजन साउसलाई ९-२ को सहज स्कोरमा माथ दिए।
पुरूष ५५ केजीमा त्रिभुवन आर्मीका एलोन श्रेष्ठ पहिलो भए । उनले फाइनलमा आर्मीका राहुल चौधरीलाई ८-३ ले माथ दिए।
८४ केजीमा इश्वर धन राईले बाजी मारे । उनले आर्मीका विकास झड्कालाफ ९-४ ले हराए।
पुरूषकै ६७ केजीमुनि तौल समुहको फाइनलमा एपिएफका प्रदीप बैजाली मगरले आर्मीका किरण पुनलाई ११-६ को स्कोरमा हराए।
प्रतियोगिताको महिला ६८ केजीमुनि आर्मीकी सानी तामाङले स्वर्ण जितिन्। फाइनलमा उनले लुम्बिनी प्रदेशकी गीता पुवारेलाई ५-३ ले हराइन्।
४५ केजी तर्फको फाइनलमा नेपाल पुलिसकी वर्षा बुढा मगरले एपिएफकी दीपा लामालाई ५-१ को स्कोरमा हराइन्। ६१ केजीमा भने नेपाल पुलिसकी निरूपा दोङ तामाङले पहिलो स्थान प्राप्त गरिन् । उनले आर्मीकी रमिता माझीलाई १२-५ को सहज नतिजामा पराजित गरिन्।
यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहनेछ। पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।