पुलिस टिम च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लब प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो।

सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, ६ रजत र२ कास्य पदकका साथ तेस्रो भयो । बागमती, कोशी र मधेश प्रदेशले पनि समान १ स्वर्ण पदक जितेको छ।

प्रतियोगिताको अन्तिम दिन शनिवार ६८ केजी माथीको तौल समुहमा ऐतिहासिक पदक विजेता पुलिसकी एरिका गुरूङले स्वर्ण पदक जितिन्। उनले लुम्बिनीकी दिया थापालाई ९-० को अत्यन्त सहज नतिजामा पराजित गरिन्।

महिला ५५ केजीमा पनि पुलिसकी सविना श्रेष्ठले स्वर्ण जितिन्। उनले फाइनलमा सोनु श्रेष्ठलाई १६-८ ले माथ दिइन्। महिला ५५ केजीमा बागमती प्रदेशकी अञ्जली महर्जनले फाइनलमा प्रियंका शाहीलाई ९-३ ले माथ दिइन्।

पुरुष ७५ केजी मुनि पुलिसका राजीव पुडासैनी पहिलो भए। उनले फाइनलमा आर्मीका सिब्बु ओडलाई हराए। ५० केजीमा मधेश प्रदेशका राकेश मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा कोशी प्रदेशका दीपेश राईलाई हराए। टिम च्याम्पियन पुलिसले २ लाख, एपिएफले १ लाख र आर्मीले‌ ५० हजार रुपैयाँ प्राप्त गर्यो।

यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशद्वारा प्रायोजित ३ दिने प्रतियोगितामा पुरुषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागिता  थियो। पुरुषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा समावेश गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको