एसियाली सिनियर करातेका लागि १२ खेलाडी छनोट

काठमाडाैँ। एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको २१ औं संस्करणका लागि १२ खेलाडी छनोट भएका छन्। ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन्।

नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतबार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन्। पुरुषको ५५ केजीमुनि साजन मोक्तान, ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ७५ केजीमुनि शिबु ओड, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धर छनोट भए।

महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनि अन्जली महर्जन, ५५ केजीमुनि सविना श्रेष्ठ, ६१ केजीमुनि निरुपमा तामाङ र ६८ केजीमाथि एरिका गुरुङ छानिए। छनोट प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता खेलाडीले सहभागिता जनाएको प्रशिक्षक श्रेष्ठले जानकारी गराए। एसियाली कराते उज्वेकिस्तानको तास्केन्टमा मे २३ देखि २५ तारिखसम्म हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको