करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी


काठमाडौं । अस्ट्रेलियामा बस्दै आएका पूर्व कराते खेलाडीले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन्।

सिड्नीस्थित ग्रानभिलीमा स्थपाना भएको एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पकद, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता मुकुन्द्र महर्जन छन्।

यसैगरी उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मलिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनिष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नविन महर्जन र सदस्यमा प्रिन्स महर्जन छन्।

नविन साग गेम्सका स्वर्ण तथा राजकुमार कांस्य पदक विजेता हुन्। अन्यले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका छन्।

अध्यक्ष महजर्ननले सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गुर्नका साथै नयाँ खेलाडी उत्पदनको उदेश्यले एकेडेमी सञ्चलनमा ल्याएको बताए।

‘हाम्रो मुख्य उदेश्य भनेकै सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गराउनु हो । एकेडेमीबाट राम्रा खेलाडी उत्पादन गर्ने हाम्रो चहान हो,’ अध्यक्ष महर्जनले भने,‘ यस एकेडेमीले नेपाली खेलाडीलाई एक ठाउँमा ल्याएको छ। यसमार्फत नेपाली खेलाडी र खेलकुदको विकासमा संस्थागत रूपमा सहयोग गर्न सहज हुन्छ।’


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको