समूह विजेता बन्ने नेपालको लक्ष्य

काठमाडौं। साफ यु–१९ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दा छ।

यी दुई टोलीबीचको खेल अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ।

दुवै टोलीले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्। समूह ‘बी’ का नेपाल र भारतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई क्रमशः ५-० र ८-० ले पराजित गरेका थिए।

नेपाललाई समूह विजेता बन्न जितको विकल्प छैन। भारत भने बराबरीले मात्रै समूह विजेता बन्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको