क्रिष्टल प्यालेसले जित्यो एफए कपको उपाधि

काठमाडौं । म्यानचेष्टर सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले एफए कपको उपाधि उचालेको छ।

शनिबार राति सम्पन्न खेलमा सिटीलाई १–० ले हराउँदै प्यालेस क्लब स्थापना भएको ११९ वर्षपछि ठूलो उपाधि जित्न हासिल गरेको हो।

यो पराजयसँगै सिटी भने सिजन २०२५ मा उपाधि विहिन बनेको छ।

लन्डनको वेम्बली रंगशालामा प्यालेसलाई जिताउन इबेरेची इजाले निर्णायक गोल गरेका थिए। उनले खेलको १६औं मिनेटमा विजयी गोल गरेका हुन्।

खेलको ३६औं मिनेटमा सिटीले बराबरी गोल गर्ने अवसर पाएपछि सफल भएन। ओमार मार्मौसको पेनाल्टी प्रहार प्यालेसका गोलकिपर डिआन हेन्डर्सनले बचाएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको