रोनाल्डो जुनियरको दुई गोल

काठमाडौँ। क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोलकाे खेलमा पोर्चुगलको यू-१५ टिमले उपाधि जितेकाे छ।

इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३-२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका थिए।

रोनाल्डो जुनियरले गोल पछि आफ्ना पिता रोनाल्डोकै शैलीमा गरेको गोल ‘सू…’ सेलिब्रेसन अहिले विश्व फुटबलमा चर्चित बनेको छ। उनलाई रोनाल्डोकै शैलीमा खेलेको भन्दै प्रशंसा गरिएको छ।

१३ बर्षिय रोनाल्डो जुनियरले पहिलो पटक राष्ट्रिय टिममा समावेश भएर खेलेका हुन भने उनले पहिलो गोल समेत गरेका छन्।

रोनाल्डो जुनियरले पोर्चुगलको राष्ट्रिय टिममा स्थान बनाएपछि युरोपका ठुला क्लबहरुले आफ्ना स्काउटलाई उनको खेल हेर्न पठाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ। सम्भावित फुटबल स्टारको रुपमा रोनाल्डो जुनियरलाई आफ्नो क्लबमा भित्र्याउन क्लबहरुले पहल शुरु गर्न लागेको बताइएको छ। रोनाल्डो जुनियर हाल आफ्नै पिताको क्लब अल नासरका एकेडेमी खेलाडी हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको