काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुल पराजित भएकाे छ।
फाल्मर रंगशालमा साेमबार राति भएकाे खेलमा लिभरपुल घरेलु टोली ब्राइटनसँग ३-२ ले पराजित भएकाे हाे।
ब्राइटनलाई जित दिलाउन यासिन अयारी, काउरु मितोमा, ज्याक हिन्सेलउडले गोल गरे। लिभरपुलका लागि हार्वे इलियट र डोमिनिक स्जोबोस्जलाईले गोल गरे।
खेलको नवौं मिनेटमा इलियटको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। ३२औं मिनेटमा अयारीले ब्राइनलाई बराबरीमा ल्याए।
पहिलो हाफाको इन्जुरी समयमा स्जोबोस्जलाईले गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढ्यो। ६९औं मिनेटमा मितोमाले गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा हिन्सेलउडले गाेल गर्दै ब्राइटनलाई ३-२ काे रोमाञ्चक पुनरागमन जित दिलाए।
जितसँगै ३७ खेलमा ५८ अंक जोडेको ब्राइटन आठौं स्थानमा छ। पराजित लिभरपुलको समान खेलबाट ८३ अंक छ।
