पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा


काठमाडौं। नेपालमा पहिलो पटक युसीआई पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट प्रतियोगिताको आयोजना हुने भएको छ।

हिमालयन सिंगल ट्रयाक र जिरो लेभल एमटिभी स्कुलले यहि जेठ १७ गते ललितपुरस्थित पम्प ट्रयाक सेन्टरमा उक्त छनोटको आयोजना गर्न लागेको हो।

प्रतियोगितालाई युनियन साइक्लिस्ट इन्टरनेशनल (युसीआई) र नेपाल साइक्लिङ संघ संगको मान्यता दिएको छ।

प्रतियोगितामा नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १२० खेलाडीहरुको सहभागिता रहनेछ। खेलाडीहरुले एलिट, मास्टर्स, जुनियर्स, युथ र किड्स गरी चारवटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ।
मुख्य विधाको रुपमा रहेको एलिट तर्फ पुरुष र महिला गरी २÷२ खेलाडी अर्को वर्ष स्विट्जरल्याण्डमा हुने विश्व च्याम्पियनसिपमा छनोट हुनेछ।

त्यसमध्ये विजेता दुई खेलाडीको सम्पुर्ण खर्च आयोजकले ब्यहोर्ने आयोजक हिमालयन सिंगल ट्रयाकका सहमालिक जेनी कन्ट (व्भलष् ऋबगलत) ले बुधवार आयोजित पत्रकार सम्मेलनमा बताइन्।

प्रतियोगिता आयोजनालाई साथ दिएको हिमालयन राइडर्स क्लबका अध्यक्ष राज ज्ञवालीका अनुसार नेपाली खेलाडीहरुको प्रदर्शन विश्व स्तरिय रहेको र उनीहरुको छनोट हुने सम्भावना वढी रहेकोछ।

छनोट प्रतियोगिता आयोजनाका लागि र ललितपुर महानगरपालिकाले सहकार्य गरेको छ।

पम्प ट्रयाक रेसिङ साइक्लिङको निकै चर्चित विधा हो। यसमा खेलाडीहरुले विशेष रुपमा बनाइएको ट्रयाकमा प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै रेस अगाडि वढाउने गर्छ।
सन् २०२२ मा विश्व च्याम्पियनसिपको प्रायोजक रहेको भेलोसोलुसनले ललितपुर १ मा निर्माण गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको