स्कुल ओलम्पिक कार्यक्रममा कार्की सहभागी

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की स्कुल ओलम्पिक कार्यक्रमको २०औ संस्करणमा सहभागी भएका छन्।

आईएसएफ भिआईपी डेलगेट्सका रुपमा कार्की कार्यक्रममा सहभागी भएको महासंघले जनाएको छ। कतारको विद्यालयस्तर खेलकुद प्रतियोगितामा विभिन्न २० खेलको प्रतिस्पर्धा भएको थियो।

कतारमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिी (आईओसी) का अध्यक्ष थोमस बाच, कतारका शिक्षा तथा उच्च शिक्षा मन्त्री, आईएसएफका अध्यक्ष, कतार ओलम्पिक कमिटिका अध्यक्ष र महासचिव, कतार विद्यालय खेलकुद संघका अध्यक्ष र प्रतियोगितामा समावेश २० खेलका राष्ट्रिय खेल संघका पदाधिकारी सहभागी थिए।

यसअघि कार्कीले पेरिस ओलम्पिक २०२४ को टर्च रिलेमा पनि सहभागी भएका थिए। नेपाल विद्यालय खेलकुद महासंघले विभिन्न उमेरसमूहको विद्यालय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताका लागि समन्वय गर्दै आएको छ। कार्की शनिबार स्वदेश फर्किदै छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको