काठमाडाैँ। स्पेनिस महारथी रियल मड्रिडले नयाँ प्रशिक्षकको रुपमा अलाेन्साेलाई घोषणा गरेको छ।
जर्मनी क्लब बायर लिभरकुसन छोडेका अलोन्सोलाई रियलले २०२८ को जुन ३० सम्मका लागि मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी दिएकाे आइतबार जानकारी गराएकाे हाे।
२०२२ देखि लिभरकुसनको प्रशिक्षक रहेका अलोन्सोले रियलमा कालो एन्सेलोटीको स्थान लिएका छन्।
४३ बर्षिय अलोन्सो रियलका पूर्व खेलाडीसमेत हुन्। उनले खेलाडीको रुपमा रियलमा २००९ देखि २०१५ सम्म खेलेका थिए।
लिभरकुसन प्रशिक्षकको रुपमा गत सिजन क्लबलाई लिगको उपाधिसहित डिएफबी पोकल र डिएफएल सुपर कोपाको उपाधि दिलाएका थिए। त्यस्तै गत सिजनको युरोपा लिगको फाइनलसम्म पुर्याएका थिए।
