आर्मीलाई रग्बी उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि सोमबार जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २०–५ ले पराजित गर्यो । उपाधिसंगै आर्मीले १ लाख नगद पुरस्कार हात पार्यो भने एपीएफले ५० हजार नगद पुरस्कार पायो ।

सहिद स्मृति स्पोर्ट्स  एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा भएको प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित भइन् । सोरेनले ७ हजार नगद पुरस्कार पाइन् ।

विजेतालाई पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, माओवादी केन्द्र झापा जिल्लाका इन्चार्ज रन्जित तामाङ, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको