राष्ट्रिय कुराँश प्रतियोगिता शुक्रबार हुने


काठमाडौं ।  राष्ट्रिय कुँराश प्रतियोगिताको चौथो संस्करण आगामी शुक्रबार काठमाडौंमा हुने भएको छ ।

एक दिने प्रतियोगिताका सम्पूर्ण खेलहरू नयाँ बजारस्थित बहुउदेश्यीय मार्सल आर्ट केन्द्रमा हुने आयोजक नेपाल कुँराश संघले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दियो ।

प्रतियोगिता दोस्रो पटक काठमाडौंमा हुन लागेको हो । यसअघि पहिलो संस्करण काठमाडौंमै भएको थियो ।

यसैगरी पछिल्ला दुई संस्करण भने धरानमा आयोजना गरिएको थियो । प्रतियोगितामा सिनियर/जुनियर महिला तथा पुरुष गरि चार विधा समावेश गरिएको छ ।

जुनियर महिला/पुरुषमा २५, ३०, ३५, ४० र ४५ केजिमुनि तथा ४५ केजीमाथिमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी  सिनियर महिलामा ४८, ५२, ५६ र ६३ केजीमुनि तथा ६३ केजीमाथि तथा सिनियर पुरुषमा ६०, ६६,७३ र ८१ केजीमुनि तथा ८१ केजीमाथिको स्पर्धा समावेश गरिएको छ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागका गरि २२० खेलाडीले सहभागिता जनाउनेछन् ।

हरेक समूहका शीर्ष तीनले क्रमशः ३ हजार, २ हजार र १ हजार (दुई जान) प्राप्त गर्नेछन् ।

प्रतियोगिता अघि बिहीबार प्रशिक्षक तथा रेफ्रीहरूकने सेमिनार पनि हुने आयोजकले जानकारी दिएका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको