सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स


न्यु योर्क,अमेरिका । कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् । उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली भएको बताइएको छ ।

मे १९ देखि २५ तारिखसम्म मेक्सिकोको मोन्टेरेमा भएको ‘३८ औं सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको रेफ्री तथा जजको परीक्षा पास गर्दै थोकरले यो सफलता पाएका हुन् । मे २४ तारिख शनिबार उनले काता तर्फ ए लाइसेन्स पाएका हुन् । कुमुतेमा उनले यस अगाडि २०२३ मा नै ए लाइसेन्स पाएका थिए ।

थोकरले सन् २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपको यात्रा शुरु गरेका हुन् । उनले सन् २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ दोहोरो ए लाइसेन्स पाएका थिए ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको