मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित

काठमाडौं । थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित भएको छ ।

स्थानीय थम्मासत स्टेडियममा सोमबार भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा २ गोल व्यहोरेको हो । थाइल्याण्डकी मोंग्कोल्दीले ५८ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै अग्रता दिलाइन् ।

यसैगरी ७३ औं मिनेटमा रोडथोंगले गोल गर्दै अग्रता दोब्बर बनाइन् । नेपाली टिमले गोल फर्काउने प्रयास लगातार गरे पनि सफल भएन ।

नेपाली टोलीले यसै महिनाको २९ तारिखदेखि उज्वेकिस्तानमा हुने एसियन कप छनोट खेल्दै छ । त्यसका लागि अभ्यास खेल खेलेको हो ।

एसियन कप छनोटको समूह एफमा रहेको नेपालले उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको