काठमाडाैँ। अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले आज हङकङसँग खेल्दै छ। याे खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे खेलमा हङकङ स्टेडियममा हुँदैछ।
नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरूप यस मैत्रीपूर्ण खेल्न लागेको हो। नेपालले यहि जुन १० तारीख लाओसविरुद्ध खेल्नेछ।
नेपालले हङकङसँग यो पहिलोपटक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। सन १९८८ मा नेपालले हङकङसँग एएफसी एसियन कप खेलेको थियो। उक्त खेल ०-० को बराबरीमा टुगिंएको थियो।
मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने बताएका थिए।
