काठमाडौं। कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।
मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा आइतबार सम्पन्न फाइनल खेलमा कोशीले गण्डकी प्रदेशलाई ५–३ गोलले पराजित ग¥यो।
कोशीका लागि मनोज चौधरीले २ तथा प्रदीप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले समान १–१ गोल गरे। गण्डकीका अशिम बहिकले २ तथा पवन परियारले १ गोल गरे। कोशी मनोज चौधरी फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
उपाधिसँगै कोशीले ३० हजार तथा गण्डकीले २० हजार नगद पुरस्कार पाए। बागमती प्रदेश हक्की संघद्वारा आयोजित प्रतियोगितामा कोशीका रोशन चौधरी उत्कृष्ट खेलाडी चुनिए। गण्डकीका पवन परियार उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक र बागमतीका सुजल महर्जन उदीयमान खेलाडी बने।
प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता भए। विजेतालाई पूर्व मन्त्री महेश बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले उद्घाटन गरेकी थिइन्। एकदिने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम गरी ६ टिम सहभागी थिए।