क्लब विश्वकप : सिटीको विजयी सुरुआत

काठमाडौँ । फिफा क्लब विश्वकपमा म्यानचेस्टर सिटीले विजयी सुरुआत गरेको छ।

गएराती सम्पन्न समुह जी अन्तर्गतको खेलमा इंग्लिस क्लब सिटीले मोरक्कोको क्लब वीडाड एसीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा फिल फोडेन र जेरेमी डोकुले एक एक गोल गरे। खेलको दोस्रो मिनेटमा नै फोडेनले गोल गरेर सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४२औ मिनेटमा डोकुले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

यस खेलमा खेलको ८८औ मिनेटमा रिको लेविसले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि म्यानचेस्टर सिटीको समुह जी मा ३ अंक भएको छ। अब सिटीले अर्को खेल जुन २३ मा अल ऐनविरुद्ध र जुन २७ मा युभेन्टसविरुद्ध खेल्ने तालिका रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको