हाप्किडो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

काठमाडाैँ। राष्ट्रिय हाप्किडो च्याम्पियनसिपका १० औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता छ।

प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए। उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गर्ने छन्। दुई दिने प्रतियोगिताले रुपन्देहीको हाप्किडो खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो संघका अध्यक्ष भुमलाल श्रेष्ठले जानकारी दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको