काठमाडाैँ। नेपाल ओलम्पियन्स एसोसिएसनले सामाखुशीस्थित नेपाल पुलिस स्कुलमा बिहीबार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ।
अघिल्लो दिन बुधबार ड्याफोडिल पब्लिक स्कुलमा पनि उक्त कार्यक्रम भएको थियो। २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका कुल १९ ठाउँमा आयोजना भइसकेको छ।
