क्लब विश्वकप : बोटाफोगोसँग पिएसजी स्तब्ध

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी फिफा क्लब विश्वकपमा ब्राजिलियन क्लब वोटाफोगोसँग पराजित भएको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा वोटाफोगोले पिएसजीलाई १–० ले निराश बनाएको हो।

वोटाफोगोको जितमा इगोर जिससले गरेको गोलनै खेलको निर्णायक बन्यो। उनले खेलको ३६औँ मिनेटमा गोल गरेका थियो।

जितसागै समुह बी मा वोटाफोगोले २ खेलमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ। पिएसजीको समान खेलबाट ३ अंक छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको