बागमती प्रदेश बिच महिला रग्बी सुकुटेमा हुने


काठमाडौं। प्रथम बागमती बिच महिला रग्बी प्रतियोगिता असार ८ गतेदेखि सुरु हुने भएको छ।

नेपाल रग्बी संघले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको हो। संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते हुन्छ।

बागमती प्रदेश खेलकुद विकास परिषद् साथै राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा नेपालमा नै पहिलोपटक प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेशले सहभागिता जनाउने छन्। यस्तै, राष्ट्रिय स्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरी कुल ६ वटा महिला टिमको सहभागिता रहने छ। यस प्रतियोगिता लिगको आधारमा खेलाइनेछ।

प्रतियोगिताको अनुमानित लागत  १३ लाख रूपैयाँ रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको