काठमाडाैँ। आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।
मनमैजुस्थित घरेलु कोर्टमा एलएनए ‘ए’ ले क्यान्भास बसन्त ऋतुलई १२–१० ले पराजित ग¥यो। सोही स्पर्धामा लाखेले एलएनए ‘बी’ लाई १७–१२, मनास्लुले टीबीसी ‘बी’ लाई २१–१५ र यक्कुले बलस हुडलाई १८–१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सेमिफाइनलमा एलएनए ‘ए’ को भेट लाखेसंग हुनेछ भने मनास्लुले यक्कुको सामना गर्ने छ।
गल्र्समा एनसीसीएस ‘ए’ ले बलर्सलाई १२–१०, ल्यान्डमार्कले एनसीसीएस ‘बी’ लाई ११–९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०–८ र वारियरले न्यु एरालाई १८–१२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनल एनसीसीएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच हुनेछ।
प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे।
दुईदिने प्रतियोगितामा ब्वाइजमा १२ तथा गल्र्समा ८ टिम सहभागी छन्। दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न इच्छुकलाई छात्रवृत्ति पनि प्रदान गरिने छ।
