काठमाडौं । धावक रमन सुबेदीले ‘नेपाल यूएई’को झण्डासहित थाईल्याण्डको सामुई हाफ म्याराथन पुरा गरेका छन्।
नेपालको झण्डासहित अन्तराष्ट्रिय प्रतिष्ठित म्याराथनमा प्रतिस्पर्धा गर्दै आएका सुबेदीले आईतबार थाईल्याण्डमा भने नेपाल यूईएको झण्डा लिएर बैंककमा भएको सामुई हाफ म्याराथन पुरा गरेका हुन्। उनले २ घण्टा २१ मिनेट समयमा थाईल्याण्डको प्रतिष्ठित रोड रेस पुरा गरे।
विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन्। उनी नेपाली झण्डासहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए।
‘नेपाल जन्मभुमी हो, यूएई कर्मथलो। अन्तराष्ट्रिय म्याराथनमा नेपालको झण्डा सहित प्रतिस्पर्धा गर्दै आएको थिए। थाईल्याण्डबाट यूएईको झण्डालाई समेत जोडेको छु। यसले दुई देश बीचको पारस्परिक सम्बन्धलाई समेत झल्काउँछ।’ उनले भने।
नेपाली झण्डा सहित अन्तराष्ट्रिय प्रतिष्ठित म्याराथन दौडने आफ्नो उद्धेश्य रहेको सुबेदीले बताए। उनले जर्मनको बर्लिन म्याराथन, पोर्चुगलको लिस्वोन म्याराथन, यूएईको दुबई म्यारान, भारतको मैसुर म्याराथन, उज्वेकिस्तान समरकान लगायत अन्तराष्ट्रिय म्याराथन पुरा गरिसकेका छन्।