कर्णालीले गर्याे सोमपाललाई रिटेन


काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिगको लागि नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मार्की खेलाडी सोमपाल कामीलाई रिटेन गरेको छ।

दोस्रो संस्करणको एनपिएलका लागि सोमपाल निरन्तरता दिएको कर्णालीका सह-मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए। ‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन्। त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौँ। उनीमाथि टिमको विश्वास छ,’ घिमिरेले भने।

पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो। कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका चर्चित पूर्व ओपनर शिखर धवनलाई समेत अनुबन्ध गरेको थियो।

घिमिरेले चाडै रिटेन गरेका ६ खेलाडीको समेत सूची सार्वजनिक गर्ने बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको