कराते टोली श्रीलंका प्रस्थान


काठमाडाैँ। नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।

श्रीलंकाको कोलम्बोमा जुलाइ २ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा ६३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। खेलाडीसहित टोली ७३ सदस्यीय रहेको छ।

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी खेलाडीसहितको टोली भने थाइल्यान्डबाटै प्रतियोगितामा सहभागी हुन श्रीलंका जाने छन्। नेपालमा भएको सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघकाअध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, महासचिव दावा गुरुङलगायत एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको