काठमाडौं। स्पेनिस महारथी रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
गएराति सम्पन्न प्रि-क्वाटरफाइनलको खेलमा रियलले इटालियन सिरी ‘ए’ क्लब युभेन्टसमाथि १-० को कठिन जित हासिल गरेको हो।
रियलको जितमा गोन्जालो गार्सियाले गोल गरे। उनले खेलको ५४औं मिनेटमा गोल गरेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
तपाईको प्रतिक्रिया !!!


