१२७ जना खेलाडी सम्मानित


काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं २२ ले बुधबार आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ।

सो कार्यक्रममा फुटबल क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, बडिबिल्डिङ, फेन्सिङ, तेक्वान्दो, कराँते, फुटसल, स्नुकर, टेबलटेनिसका कूल १२७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित भएका हुन्। जसमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने २८ जनालाई विशेष सम्मान गरिएको थियो।

सो अवसरमा वडा नं. २२ को आयोजना तथा नेपाल शारिरीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियन्सीप २०८२ मा विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो। यसैगरी १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।

पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले शारिरीक सुगठन विजेता खेलाडी तथा अन्य खेलाडीलाई कदर पत्र र ट्रयाकसुट प्रदान गरी सम्मानित गर्नुभयो। फिफा रेफ्री ज्ञानुराजा श्रेष्ठको संयोजकत्वमा रहेको टिमले सम्मानित हुने खेलाडीहरु चयन गरिएको हो।

वडा २२ मा ए डिभिजन फुटबल खेलिसकेको चार क्लब सुन्धारा, संकटा, एनआरटी र ब्वाइज स्पोर्ट्स रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको