नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त हुँदै


काठमाडाैँ। एएफसी महिला एसियन कप २०२६ छनाेटकाे राेचक भिड्न्तमा नेपालले आज घरेलु टाेलीकाे सामना गर्दै छ।

तासकन्तमा यी दुई टाेलीबीचकाे खेल शनिवार हुनेछ। समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।

समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन्।

जारी छनाेट प्रतियाेगितामा टोलीले अहिलेसम्म कुनै गोल खाएका छैनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको