काठमाडौं। पेरिस सेन्ट-जर्मेन (पिएसजी) फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ।
बुधबार राति सम्पन्न खेलमा पिएसजीले रियल मड्रिडलाई सेमिफाइनलमा ४-० गोलले पराजित गरेको हो।
पिएसजीको जितमा फाबियन रुइसले दुई गोल, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान एक-एक गोल गरेको थियो।
फाबियन रुइजले खलको छैठौं मिनेटमा गोल गर्दै पिएसजीलाई आग्रता दिलाएको थियो। त्यस्तै खेलको ९औं मिनेटमा ओस्मान डेम्बेलेले रियल म्याड्रिडका डिफेन्डरसंग बल खोस्दै किपरसँग वान अन वान को अवस्थामा गोल गर्दै खेललाई २-० गोलले अगाडि बढाए।
२४औं मिनेटमा रुइसले हाकिमीको क्रस बलमा गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए। खेलको ८७ औं मिनेटमाबीरकेलाके पासमा रामोसको गोल गर्दै ४-० को नतिजामा पुऱ्याए।
अब पिएसजीले १४ जुलाईमा चेल्सीसँग फाईनलमा उपाधिको लागी खेल्ने छ।


