काठमाडौं। जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले आइतबार घरेलु टाेली बंगलादेशसँग खेल्दैछ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार साझँ ६ः४५ बजेबाट सुरु हुनेछ।
नेपालले आफ्नाे पहिले खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो भने यता बंगलादेशले श्रीलंकालाई ९-१ ले पराजित गरेको थियो।
नेपाल र बंगलादेशबिच बिगतका खेल हेर्दा बंगलादेश नेपालमाथि हाबी भएको पाइन्छ। अघिल्लो संस्करणको साफ यु–२० महिला च्याम्पियनसिप २०२३ मा नेपाल बंगलादेशसंग फाइनलमा ३-० गोलले पराजित भएको थियो।


