नेपाललाई ४ पदक


काठमाडाैँ। नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन्।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन्।

आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते। जमान कोरियामै बस्दै आएका छन्। प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको