काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू -१७ पुरुष टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंहलाई नियुक्त गरिएको छ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा एन्फा महासचिव किरण राईले आइतबार नवनियुक्त मुख्य प्रशिक्षक सिंहलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
मुख्य प्रशिक्षक सिंहले श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू -१७ पुरुष च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको नेतृत्व गर्ने छन्।


