काठमाडौँ । भारतविरुद्धको तेस्रो टेस्ट इङल्याण्डले राेमाञ्चक जित हासिल गरेको छ। इङल्याण्डले २२ रनले जितेको हो।
लर्ड्स क्रिकेट मैदानमा सम्पन्न खेलमा इङल्याण्डले दिएको १९३ रनको लक्ष्य पछाएको भारतले १७० रन बनाएर अलआउट भयाे।
भारतका लागि रविन्द्र जडेजाले अविजित ६१ रन बनाए भने केएल राहुलले ३९ रन बनाएका थिए। त्यस्तैकरुण नायरले १४ र नितिश कुमार रेड्डीले १३ रन बनाएका थिए।
इङल्याण्डका लागि जोफ्रा आर्चर र बेन स्टोक्सले ३-३ विकेट लिएका थिए। ब्राइडन कार्सले २ तथा शोयब बशीर र क्रिस वोक्सले एक एक विकेट लिएका थिए।
यसअघि पहिलो इनिङमा भारत र इङल्याण्डले ३८७-३८७ रन बनाएका थिए।
जितसँगै इङल्याण्डले ५ खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ। अब सिरिजको चौथो खेल जुलाई २३ देखि म्यानचेस्टरमा हुनेछ।


