सावित्राले अस्ट्रेलियन लिग खेल्ने


काठमाडौं। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले अस्ट्रेलियनको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्।

उनलाई वेलिङ्टन फिनिक्सले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको हो। यो लिगमा अस्ट्रेलिया र न्युजिल्यान्डका क्लब खेल्ने गर्छन्। वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो।

२९ वर्षीया सावित्राले नेपाली जर्सीमा ६० खेलमा ६६ गोल गरिसकेकी छन्। उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटका ३ खेलमा २ ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्।

भारतीय महिला सुपर लिगमा उनले जम्मा २४ खेलमै ६० भन्दा बढी गोल गरेकी थिइन्। त्यही लोभलाग्दो प्रदर्शनको आधारमा उनलाई फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पले २ सिजन अनुबन्ध गरेको थियो। उनी शीर्ष युरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको