काठमाडाैँ। राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्।
पोखरा निन्जाजले बिहवार एक विज्ञप्ति मार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक हाे।
प्रगति सम्मिलित पोखरा निन्जाजले दाेस्राे एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा चुनौती पेश गर्ने छ। पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको ठाउँमा यसपटक पोखरा निन्जाजले खेल्न लागेको हो।
प्रगति पहिलो पटक मार्की चुनिएकी हुन्। गत संस्करण प्रगतिले सरस्वती चौधरी मार्की रहेको गण्डकीबाट खेलेकी थिइन्। सरस्वती अहिले अस्ट्रेलियामा छिन्।
इडब्लुभिएलको दोस्रो संस्करण भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।


