काठमाडाैँ। त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ।
स्विस लिग प्रणालीमा सञ्चालन हुने सो प्रतियोगितामा ६० विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहने विद्यालयले जानकारी दिएको छ।
दुईदिने कार्यक्रम अन्तर्गत पहिलो दिन छनोट खेल हुने छन्। हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बिचमा दोस्रो दिन खेल हुने छ। प्रतियोगितामा कुल ८ स्पर्धा समावेश गरिएका छन्।
३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन्। आयोजक विद्यालयले पहिलो दिनको बिहान नौ बजे सम्पूर्ण सहभागी विद्यालयलाई सम्पर्कमा आइसक्न अनुरोध गरेको छ।


