मियामीको फराकिलो जित


काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामीले फराकिलाे जित दर्ता गरेकाे छ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीले एनवाई रेड बुल्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

मियामीको जितमा लियोनेल मेस्सी र टेलास्को सेगोभियाले २-२ गोल गरे। त्यस्तै जोर्डी अल्बाले एक गोल गरे। रेड बुल्सका लागि अलेक्जेन्डर ह्याकले एक गोल गरे।

खेलमा सुरुआती अग्रता भने रेड बुल्सले लिएकाे थियाे तर, उक्त अग्रता जाेगाउन भने सकेन।

यो जितपछि मियामी २१ खेलमा ४१ अंकसहित पाँचौं स्थानमा छ। रेड बुल्सको २४ खेलमा ३३ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको